ज्योतिषशास्त्रका अनुसार कुनै ग्रहले एक राशिबाट अर्को राशिमा प्रवेश गर्दा सबै १२ राशिलाई असर गर्छ। यो राशि परिवर्तन केही राशिका लागि शुभ साबित हुन्छ भने कतिपयलाई कठिनाइको सामना गर्नुपर्ने हुन्छ।
ज्योतिषीय गणना अनुसार मंगल ग्रह अक्टोबर ३० मा मिथुन राशिमा प्रवेश गर्नेछ। मंगल राशि परिवर्तनका कारण केही राशिका व्यक्तिको समस्या बढ्न सक्छ।
मेष राशि
मिथुन राशिमा मंगल ग्रहको प्रवेशले मेष राशिका व्यक्तिहरूको कठिनाइ बढाउन सक्छ। यस समयमा, तपाईं अनावाश्यक वाद-विवादबाट टाढा रहनु पर्छ। मंगल गोचरका कारण तपाईंको सम्बन्धमा तनाव बढ्न सक्छ।
वृष राशि
वृष राशिका लागि मंगल ग्रहको गोचर कष्टदायी साबित हुन सक्छ। यस समयमा तपाईंले आफ्नो प्रेम जीवनमा समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। आर्थिक कठिनाइ बढ्न सक्छ। पारिवारिक कलहको सम्भावना छ।
मिथुन राशि
मिथुन राशिका लागि मंगल गोचर अशुभ साबित हुन सक्छ। यस समयमा तपाईंले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक छ। लगानीका लागि समय अनुकूल छैन।
कर्कट राशि
कर्कट राशिका लागि मंगल गोचरको अवधि शुभ मानिने छैन। यस समयमा तपाईंको खर्च बढ्न सक्छ। जसका कारण आर्थिक संकटको सामना गर्नु पर्नेछ। स्वास्थ्यको ख्याल गर्न सल्लाह दिइन्छ।
मीन राशि
मीन राशिका व्यक्तिहरूले मंगल गोचरको अवधिमा कुनै पनि नयाँ कामको थालनी गर्नु हुँदैन। यस समयमा तपाईंको सुख-समृद्धि कम हुन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यस्थलमा परिवर्तन सम्भव छ।





















Discussion about this post