सामाजिक संजालबाट गायब बनेकी पूजा एकाएक सार्वजनिकः करोड बढी लगानीको व्यवसाय सुरू

एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि सामाजिक सञ्जालमा सक्रिय रहेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् ।

उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । सामाजिक सञ्जालबाट एकाएक गायव बनेकी उनी फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।

राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् । पुजा झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।

‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिज लगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।

फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् । प्रेमीसँग विवाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् ।

यसैक्रममा हृदयघात भएको खबर सार्वजनिक भएलगत्तै अभिनेत्री वर्षा सिवाकोटी फेसबुकबाट गायब भएकी छन् । उनले फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि उनका फ्यानहरु चकित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित