सेनापती ग्रहले आफ्नो राशि परिवर्तन: यी ४ राशिको पल्टिने भयो भाग्य !

ग्रहहरूको सेनापति भनिने मंगल ग्रह १६ अक्टोबरमा वृष राशिमा प्रवेश गरेको थियो। अब ३० अक्टोबरको साँझ ७:०९ मा यो प्रतिगामी भएको छ। मंगल ग्रह अब उल्टो घुम्नेछ।

अधिकांश ग्रहहरूको प्रतिगामी गति पीडादायी मानिन्छ तर प्रतिगामी मंगल ग्रहले महापुरुष योग बनाएको छ। जान्नुहोस मंगल ग्रहको यस्तो परिवर्तनले कुन राशिका व्यक्तिहरुको जीवनमा खुशी ल्याउनेछ –

वृष राशि
वृष राशिका लागि मंगलको प्रतिगामी लाभ हुनेछ। यस अवधिमा रोजगारी गर्नेहरूको आम्दानीमा वृद्धि हुनेछ। काममा उन्नतिको सम्भावना छ। मान सम्मान बढ्नेछ।

सिंह राशि
सिंह राशिका लागि मंगल ग्रहको प्रतिगामी गति लाभदायक साबित हुन सक्छ। यस अवधिमा तपाईंलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले सफलता हात पार्नेछन्। परिवारमा शुभ घटना हुनसक्छ।

कन्या राशि
कन्या राशिका लागि प्रतिगामी मंगल ग्रह शुभ रहनेछ। व्यापारीहरूले नाफा कमाउनेछन्। जागिर खानेहरुको आम्दानीमा बृद्धि गर्न सकिनेछ। सवारी साधन वा भवन किन्न सकिनेछ। समाजमा मान सम्मान बढ्नेछ।

कुम्भ राशि
मंगल ग्रहले कुम्भ राशिका मानिसहरुको साहस र पराक्रम बढाउनेछ। यस अवधिमा तपाईं सजिलैसँग सबै काम गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। धनलाभको योग हुनेछ। जुन कार्यमा हात हाल्यो भने सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित