शिव पुत्र भगवान गणेशको जस्तो शुभ कार्य गर्दा पनियो पहिलो पूजा गणेशको गर्ने प्रचलन रहेको छ । जुन व्यक्तिको जीवनमा भगवान गणेशको कृपा हुन्छ उसको जीवन आनन्दले भरिन्छ।
भगवान गणेशको आशीर्वाद प्राप्त व्यक्तिलाई जीवनमा कुनै प्रकारको समस्याको सामना गर्नु पर्दैन। ज्योतिष शास्त्रमा १२ वटा राशिको बारेमा बयान गरिएको छ । यी १२ राशि मध्य केही राशिमा भगवान गणेशको विशेष कृपा हुने मान्यता रहेको छ ।
मेष राशि
ज्योतिष शास्त्रका अनुसार मेष राशिमा भगवान गणेशको विशेष कृपा हुन्छ । यो राशिका मानिस बुद्धिमान हुन्छन् । यी मानिसहरू हरेक कुरामा निपुण हुन्छन्।
भगवान गणेशको कृपाले मेष राशिका व्यक्तिहरुलाई आफ्नो काममा सफलता मिल्छ । मेष राशिका व्यक्तिहरूले विधिअनुसार दिनहुँ भगवान गणेशको पूजा गर्नुपर्छ । यी मानिसहरूमा आत्मविश्वासको कमी छैन।
मिथुन राशि
ज्योतिष शास्त्र अनुसार मिथुन राशिमा भगवान गणेश सधैँ दयालु रहन्छन् । यस्ता मानिसहरु दिमागी रुपमा धेरै चलाख हुन्छन् । मिथुन राशिका व्यक्तिहरु शिक्षा क्षेत्रमा बढी सफल हुन्छन् ।
यी व्यक्तिहरूले दिनहुँ भगवान गणेशको पूजा गर्नुपर्छ। यी मानिसहरु पढाइमा पनि निकै छरितो हुन्छन् । यी मानिसहरूलाई जित्न गा:-ह्रो छ। मिथुन राशिका मानिसहरुको स्वभाव निकै दयालु हुन्छ ।
मकर राशि
ज्योतिष शास्त्र अनुसार मकर राशिका मानिसहरुप्रति भगवान गणेश दयालु हुने गर्दछन् । यस राशिका व्यक्तिहरु निकै मेहनती हुने गर्दछन्। यस राशिका मानिसहरूलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ।
यस राशिका व्यक्तिहरुको दिमाग निकै तेज हुन्छ । यी व्यक्तिहरूले शिक्षाको क्षेत्रमा धेरै नाम कमाउँछन्। मकर राशिका व्यक्तिहरूले दिनहुँ भगवान गणेशको ध्यान गर्नुपर्छ।





















Discussion about this post