अभिनेता अमिताभ बच्चनको बुहारी हुन नसकेका यी अभिनेत्री

बलिउडमा सर्वाधिक चर्चामा अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडमा कैयौं फिल्ममा अभिनयको जादु देखाइसकेकी छन् । उनको नाम बलिउडका कैयौं अभिनेतासँग जोडिएको थियो ।

अन्ततः उनको भाग्यमा अमिताभ बच्चनका अभिनेता छोरा अभिषेक बच्चन नै जुरे । यहाँ ती अभिनेत्रीको चर्चा गरिएको छ, जो अभिषेकको प्रेममा परेर पनि बच्चन परिवारको बुहारी हुन सकेनन् ।

करिश्मा कपूर अभिनेता अभिषेक र अभिनेत्री करिश्मा कपूरको प्रेमकथाले एकताका बलिउडमा राम्रो चर्चा पाएको थियो । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए, तर अन्तिम समयमा आएर उनीहरुको विवाह हुन सकेन । अहिलेको पुस्तामा पनि उनीहरुको प्रेमको चर्चा हुने गरेको छ ।

रानी मुखर्जी यो सूचीको दोस्रो नाम हो, अभिनेत्री रानी मुखर्जी । अभिषेक र रानीले कैयौं फिल्ममा सँगै काम गरेका छन् । उनीहरु फिल्मको सुटिङका समयमा नजिकिएका थिए । तर, दुवैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई खुलाएनन् । दुवैले ‘कभी अलविदा ना कहना’, ‘बन्टी और बबली’ र ‘युवा’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

दीपानिता शर्मा दीपानिता शर्मासँग पनि अभिषेकको अफेयर थियो । दुवैले करिब १० महिनासम्म डेट गरेका थिए । यसपछि दुवै अलग्गिए ।

जाह्नवी कपूर यो सूचीमा श्रीदेवीपूत्री जाह्नवी कपूरको पनि नाम छ । उनले अभिषेकले आफूमाथि धोका दिएको आरोप लगाएकी थिइन् । अभिषेककै कारण उनले आ’त्मह’त्या प्रयास पनि गरेकी थिइन् । तर, पनि यसलाई एक स्टण्टका रुपमा लिइयो ।

निर्णायक ऐश्वर्या: अभिषेक र ऐश्वर्याको भेट फिल्म ‘और प्यार हो गया’मा भएको थियो । यो भेटपछि उनीहरुको अफेयर सुरु भएको थियो । यसपछि उनीहरु दुवैजना कैयौं फिल्ममा सँगै देखिए । अभिषेकसँग डेट पछि ऐश्वर्याले सन् २००७ मा विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान आराध्या छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित