रचना रिमाल भन्छिन्- स्कुल लाइफमा म धेरै छुच्चि थिए

पछिल्लो समय एकदमै चर्चामा आएको नाम हो रचना रिमाल, पूर्वको झापामा जन्मिएकि उनि अहिले आफ्नो गायकीबाट धेरै दर्शकको मन मस्तिस्कमा बस्न सफल भईसकेकी छन । नेपाल आइडल सिजन-३ बाट आफ्नो गायन यात्रा सुरु गरेकी उनले अहिले सम्म करिब दर्जनौ गितहरु गाइसकेकी छिन भने धेरै गितहरु हिट छन् ।

नेपाल आइडलको उत्कृष्ट ८ सम्मको यात्रा गर्न सफल भएकी उनि विश्वभर कोरोना महामारिको समयमा पनि गित रेकर्ड गराउन ब्यस्त नै थिइन । धेरैलाई लकडाउनले प्रभाब परेतापनि उनलाई भने लकडाउनाले नै थप उचाइमा पुग्न मद्दत गर्यो भन्दा फरक नपर्ला ।

गित रेकर्ड गराउनमै ब्यस्त उनि स्कुल लाइफमा आफु धेरै छुचि रहेको बताइन । आफ्नो गायनबाट नै बुबाआमाको सपना पुरा गर्ने बताउने उनका सामाजिक संजाल फेसबुक तथा टिकटकमा पनि उतिकै फ्यान फलोअर्स छन् ।

अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेसा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ ।

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुवै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो । शनिबार मात्र उनले घर निर्माण कार्य पूरा भएको जनाउँदै आमाबुबालाई आफैंले निर्माण घरमा राख्ने सपना पूरा भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा घरसहितको तस्वीर पोस्ट गर्दै उनी लेख्छिन्, ‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन, तर सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ ।’

झापाको चन्द्रगढीस्थित पुरानो घर भएको ठाउँमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको उनले जनाएकी छन् । ‘बाबाममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रहने सत्कर्म गर्नेछु ।’

रचनाको यो पोस्ट लगत्तै उनलाई अन्य कलाकारले समेत बधाई दिएका छन् । पछिल्लो समय अन्य कलाकारले पनि कला क्षेत्रकै कमाइबाट घर र गाडी किन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित