फिर्ता पठाएको पैसा हेरेर करिश्माको रुवाबासी, निहारिकाले हालिन् साइबर ब्युरोमा उजुरी

न्यायको लडाइँमा रहेकी निहारिका राजपुत र नायिका करिश्मा मानन्धरबीचको मनमुटाव सतहमा आएको छ। बुधबार निहारिकाले फेसबुक लाइभमा आएर करिश्माले आफूलाई बारम्बार मानसिक यतना दिएको बताएकी थिइन्।

त्यसअघि मंलबार करिश्माले निहारिकाका केही निजी तस्बिर फेसबुकमा सार्वजनिक गरेकी थिइन्। फेसबुकमा तस्बिर पोस्ट गर्नुअघि करिश्माले निहारिकालाई फोन गरेर आफूले फिर्ता गरेको पैसा लिएर जाऊ भनेकी थिइन्।

फेसबुकको फोटो हटाएपछि पनि करिश्माले निहारिकालाई बारम्बार भ्वाइस म्यासेज पठाएकी थिइन्। उक्त भ्वाइस म्यासेजमा करिश्माको बोली लरबराएको सुनिएको छ।

उक्त भ्वाइस म्यासेजमा निहारिकाले आफूले दिएको पैसा फिर्ता गर्दाको चित्त दुखाई पोखेकी छन्। ‘हातमा आएको लक्ष्मीलाई तिमीले हेला गर्नु हुँदैनथ्यो। अझै पनि त्यो पैसा जस्ताको त्यस्तै सुरक्षित छ। आएर लैजाऊ।

उनले भनेकी छन्, ‘बढी चाहिन्छ भने पनि दिन्छु। तर विनोद दाइ भएको बेला बोलाउँदिन। मलाई डर लाग्यो।’ निहारिका पहिलो पटक अनशनमा बसेका बेला करिश्माले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन।

दोस्रो अनशनका बेला निहारिकाका आरोपीसँगको तस्बिर सार्वजनिक गरिदिएपछि उनले १ हजार थपेर पैसा फिर्ता गरेकी थिइन्। करिश्माले उक्त पैसा हेरेर अहिले पनि रुने गरेको बताएकी छन्।

करिश्माले निहारिकालाई भ्वाइस म्यासेज गर्दै भनेकी छिन्, ‘तिमीलाई मामुले यति माया गर्छु, तिम्रो भाग्य हुनुपर्छ यस्तो मामु पाउन। तर, तिम्रो त औकात नै रहेनछ।’

करिश्माले निहारिकाको तस्बिर सार्वजनिक गर्नुको आशय पनि बच्चाको बाबु उही हो भन्ने रहेको बताएकी छिन्। मानिसहरुले गलत बुझिदिएको उनको गुनासो छ। करिश्माले एककोहोरो छोरी सम्बोधन गरिरहँदा निहारिकाले आफूलाई त्यसो नभन्न आग्रह गरेकी छन्।

उनले करिश्मालाई प्रश्न गरेकी छन्, ‘के मेरो ठाउँमा तपाईंको छोरी कविता भएको भए पनि यसैगरी तस्वीर सार्वजनिक गर्नुहुन्थ्यो।’ हिजै करिश्मालाई कानुनी उपचार खोज्ने चेतावनी दिएकी निहारिकाले बिहीबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेकी छन्। निहारिका भन्छिन्, ‘मलाई तपाईंसँग अब पुग्यो। मलाई छोरी र मेरो छोरालाई नाति नभन्नुस्। अब मुद्दा खेप्न तयार हुनुस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित