विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्थासहितको कानुन पारित

इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अपराधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले गर्ने बाहेकको यौन सम्बन्धलाई अपराध मानिनेछ ।

तीन वर्षमा लागू हुने नयाँ कानुनअनुसार विवाह नगरि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ । केही मुस्लिम बाहुल्य देशहरू प्रेम र यौनको विषयमा उदार बन्दै गए पनि इन्डोनेसियाले भने धार्मिक विषय भन्दै कडाइ गरेको हो ।

आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् । नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।

यो कानुन इन्डोनेसियाली नागरिक र विदेशी पर्यटकमा समेत लागू हुनेछ । विवाह नगरेका जोडीले एकै ठाउँमा रात बिताउनसमेत पाउने छैनन् । धेरै इन्डोनेसियाली युवा/युवतीले विवाह नगरेका जोडी बाहिर सँगै बस्नु वा यौनसम्पर्क गर्नु अपराध नभएको बताउँदै फौजदारी संहिता कुनै निश्चित धर्ममा आधारित हुन नहुने बताएका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित