विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो ।

यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।

यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलका खेल पर्सि बुधवारदेखि सुरु हुने छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित