काठमान्डौं । मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् । उनले मोडेलिङ्ग क्षेत्रमा नेपालमा राम्रो स्थान हासिल गरेकी छन् । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन्। उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन्।

सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन्। उनि मिस इको इन्टरनेशनल २०१९ हुन् भने क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुने। उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागिता रहेकी छिन।

विभिन्न समयमा उनले विभिन्न तस्बिर इन्स्टामा सार्बजनिक गरिरहेकी हुन्छिन। चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो। उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो।

उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन्। मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ। ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन्। ‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन्।

सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन्। ‘फेस अफ क्लासिक डायमंड २०१७’ र ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन ‘आकाशै को’ बोलको गीतको म्युजिक भिडिओ मार्फत कमब्याक गरेकि छन् ।ट्री इन्टरटेन्मेन्टको लगानीमा मदानी क्रिएसनले प्रडक्सन गरेको यस भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

भिडिओ कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टकै युट्युब च्यानल मार्फत रिलिज भएको छ । उक्त गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, आनन्द राईको संगीत, गोपाल रसाईलीको संगीत संयोजन र डा। राजु बाबु श्रेष्ठको शब्द रचना छ । भिडिओमा मुनासँग अभिनयमा रोचक जोशी पनि देखिएका छन् ।



यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’





















Discussion about this post