स्वेताकी प्यारी छोरी

नेपाली समाजमा छोरीलाई गर्वको नजरले हेर्ने दृष्टिकोण बनिसकेको छैन् । सहरी इलाकामा छोरी जन्मिदा छोरासरह ब्यबहार गरिने भएपनि गाउँ र दुरदराजमा छोरी भएको थाहाँ पाउँदा गर्भपतन गराउँेने चलन ब्याप्त छ । अभिनेत्री श्वेता खड्काले छोराबादी समाजले आप्नो छोरी जन्मिएपछि कडा प्रतिक्रिया दिएकी छिन् जुन सबैका लागी सिक्नलायक छ ।

अभिनेत्री श्वेता खड्काले फर्निचर ल्याण्डबाट उपहारस्वरूप एउटा चिटिक्क परेको गुडिया पाएकी थिइन् । आफ्नो सन्तान पनि त्यो गुडियाजस्तै छोरी नै होस् भन्ने सोचिन् । नभन्दै संयोगवश उनले कल्पिएको जस्तै भइदियो वास्तविक जीवनमा पनि ।

किनकि पहिलोपटक आमा बन्न लागेकी उनको गर्भमा त्यही समय छोरी आइन् । यद्यपि तत्कालै गर्भधारण गर्ने श्वेता दम्पतीको योजना भने थिएन ।

भेटमा श्वेताले सुनाइन्, ‘हामीले कुनै योजना नै बनाएका थिएनौं । गत फागुनमा प्रेमदिवसको दिन चक्कर लागिरहेको थियो । महिनावारीको समय काटेपछि परीक्षण गराउँदा पोजेटिभ रहेछ ।’

गर्भवती भएको थाहा पाएपछि उनी आफैं छक्क परिन् । योजनाविना नै यस्तो भएपछि उनी रोइन् पनि । ‘म त्यो समय के अनुभूति गरें शब्दमा बयान नै गर्न सक्दिनँ । भावुक भएर रुँदै आमालाई कल गरे,’ श्वेताल् सुनाइन्, ‘आमासँग त्यसपछि पाँच घण्टा बसेर धेरै कुरा आदानप्रदान गरें, अनि हल्का महसुस भयो ।’

गर्भवती भएको खबरले श्वेताको परिवारमा खुसीको सञ्चार गरायो । परिवारमा मात्र सीमिति यो खबर मिडियामा भने आइसकेको थिएन । गर्भवती भएको पाँच महिनासम्म बच्चाको जोखिम अवधि रहिरहने भएकाले आफूले मिडियामा खबर सार्वजनिक नगरेको उनी सुनाउँछिन् । उनको गर्भले ६ महिना लागेपछि मात्र सर्वत्र चर्चा पाएको थियो ।

उद्यम(व्यवसायमा सक्रिय श्वेताले अब कार्यालयमा भन्दा बढी समय घरमै आराम गरेर बिताउनुपर्ने भयो । घरमा रहँदा श्रीमान् र परिवारका अन्य सदस्यले उनको भावनात्मकदेखि सबै कुरामा राम्रो हेरचाह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित