रक्सी खाएर कुट्न आउने लोग्नेलाई श्रीमतीले घाँटी थिचेर मारिन्

अर्घाखाँची- छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्।

बलबहादुर र लक्ष्मी बिच मङ्सिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए। रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर मारेको बयान दिएकी छिन्। श्रीमानको हत्या गरेपछि उनले आफूलाई ‘श्रीमानले कुटपिट गरेको’ भन्दै गाउँमा गुहार मागेकी थिइन्।

सार्की दम्पतीले झगडा गर्नु अघि रक्सी सेवन गरेका थिए। लक्ष्मीलाई पक्राउ गरिएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी रिजालले जानकारी दिए।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित