बेलायतमा ‘बेस इडिटिङ’ उपचारबाट एक किशाेरीकाे क्यान्सर पूर्णरूपमा निकाे

बेलायतमा थेराप्युटिक उपचारबाट एक किशोरीको रक्त क्यान्सर पूर्णरूपमा निको भएको छ । ‘बेस इडिटिङ’ थेराप्युटिक उपचारबाट बेलायतमा एलिसा नाम गरेकी किशोरीको शरीरबाट क्यान्सर पूर्णरूपमा सफा गरिएको बीबीसीले जनाएको छ ।

यसअघि एलिसाका उपचारका क्रममा ल्युकेमियाका अन्य सबै उपचार असफल भएका थिए । त्यसपछि ग्रेट अर्मन्ड स्ट्रिट अस्पतालका डाक्टरहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट ‘बेस इडिटिङ’ भन्ने विधिको प्रयोग गरेर १३ वर्षीया किशाेरी एलिसाका लागि नयाँ औषधि बनाए ।

त्याे औषधि प्रयोग गरेको छ महिनापछि उनको शरीरमा क्यान्सर पाइएको छैन । यद्यपि अझै पनि उनमा क्यान्सर फर्किन्छ कि भनेर डाक्टरहरूले निगरानी गरिरहेका छन् ।

यसअघि एलिसाको क्यान्सर निको नहुने विश्वास गरिएको थियो । किमोथेरापी र बोन–म्यारो ट्रान्सप्लान्ट गरेपछि पनि उनको शरीरमा केही फरक देखिएको थिएन । त्यसपछि डाक्टरहरूले बेस इडिटिङ विधिको प्रयोग गरेका थिए जसको आविष्कार छ वर्षअघि भएको थियो ।

नयाँ विधिबाट किशोरीको उपचार सफल भएको र क्यान्सर रोगको निदानमा यो ठूलो उपलब्धि भएको खबरमा उल्लेख छ । बेस अर्थात् आधारहरूलाई जीवनका आधारभूत तत्त्व मान्ने गरिन्छ ।

बेस इडिटिङले वैज्ञानिकहरूलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गर्न साथै त्यसलाई अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित