५४ सन्तान र ६ श्रीमती भएका अब्दुल मजिद मंगलको निधन भएको छ । ७५ वर्षीय माजिद मुटुसम्बन्धी रोगबाट पीडित थिए । उनी पाकिस्तानको नोस्की जिल्लाका बासिन्दा थिए र ट्रक चालकको रूपमा काम गर्थे। उनले १८ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । अब्दुल मजीदले जम्मा ६ विवाह गरेका थिए ।
यीमध्ये दुई श्रीमतीको यसअघि नै निधन भइसकेको छ । माजिदका ५४ सन्तानमध्ये १२ सन्तानले पनि जिउँदै नै ज्यान गुमाएका थिए भने ४२ सन्तान जीवितै छन् जसमा २२ छोरा र २० छोरी छन् ।
माजिदका छोरा शाह वलीले ५४ जना बालबालिकाको आवश्यकता पूरा गर्नु सजिलो काम नभएको तर हाम्रा बुवाले जीवनभर कडा परिश्रम गरेको बीबीसीलाई बताए।
बुढेसकाल भए पनि मृत्यु हुनुभन्दा पाँच दिनअघिसम्म परिवारको जीविकोपार्जनका लागि गाडी चलाइरहे । ठुलो परिवारको खर्च धान्न खोज्दा बुवाले आराम गरेको नदेखेको शाह वलीले बताए ।
हरेक समय कुनै न कुनै काम गर्थे । शाह वलीले थपे, ‘हामीमध्ये कोही बीए र कोही म्याट्रिकसम्म पढेका छौं । तर हामीसँग कुनै जागिर छैन। आर्थिक अभावका कारण उनले बुबाको राम्रो उपचार गराउन सकेनन् ।
सरकारी सहयोग पनि पाएको छैन । अर्कोतर्फ, विनाशकारी बाढीले घर ध्वस्त पारेको छ। एकै समयमा धेरै समस्याहरूको सामना गरिरहनु परेको छ यो परिवारले ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post