फिल्म ‘ए मेरो हजुर ३’ हिट भएपछि निर्देशक झरना थापाले आफ्नो फेसबुकवालमा अनमोल केसी र छोरी सुहाना थापासँगको एक तस्बिर राख्दै ‘विथ माई भगवत् गीता’ भनेर क्याप्सनमा उल्लेख गरेकी थिइन् ।
यसपछि फिल्म ‘भगवत् गीता’मा अनमोल र सुहाना पक्का भएको भन्दै मिडियामा ठूलो चर्चा भयो । तर, पछि झरनाले यो फिल्ममा नभइ ‘ए मेरो हजुर ४’मा उनीहरुको जोडी बाँधिन् ।
‘भगवत् गीता’का लागि झरनाको पहिलो रोजाई अनमोल नै थिए । तर, लगालग एउटै टिम र एउटै अभिनेत्रीसँग काम गरिसकेकाले अनमोलले उक्त फिल्ममा काम गर्न रुचि देखाएनन् ।
यसपछि झरनाले अभिनेता धिरज मगरलाई फिल्म अफर गरेकी थिइन् । तर, धिरजले सुरुमै ४० लाखभन्दा कममा फिल्म नगर्ने भनेपछि झरना विच्किइन् र उनको विकल्प खोज्न थालिनन् । तर, हिरो भेटिनन् ।
अन्ततः फिल्ममा धिरज नै भित्रिएका छन् । आइतवार निर्माण टिमले उनीसँग कागजी सम्झौता गर्यो । झरना र उनका श्रीमान् तथा निर्माता सुनिल कुमार थापाले फिल्ममा धिरज अनुबन्ध भएको तस्बिर फेसबुकमा राखेका छन्, जसमा फिल्म क्षेत्रका हस्तीहरुले बधाई दिएका छन् । त्यसमा अनमोल पनि पर्छन् । उनले निर्माता थापाको पोस्टको कमेन्टमा बधाई तथा शुभकामना लेखेका छन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post