विवाहलाई हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण मान्ने गरिन्छ। सम्पूर्ण धार्मिक विधिका साथ विवाह सम्पन्न भएपछि सात जन्मको लागिसँग रहने विश्वास समेत गर्ने गरिन्छ। पहिला मागी विवाहको चलन भएता पनि अहिले भने प्रेम विवाहको समेत चलन बढेको छ।
विवाह भएपछि एक अर्कामा उतिकै माया हुन्छ भन्ने चाही निश्चित हुँदैन। विवाह भएको केहि महिना पनि नबित्दै सम्बन्ध विच्छेद भएको पनि हामीले देखी हौँ। विवाहित सम्बन्धसँग सन्तुष्ट र खुसी नहुँदा सम्बन्ध विच्छेदको सम्भावना बढेर जाने हुन्छ।
केहि पुरुषहरु आफ्नो श्रीमती भन्दा धेरै सुन्दर साथै आकर्षक युवती देखेमा लालायित हुने गर्छन्। जसका कारण आफ्नो श्रीमतीलाई भन्दा अन्य बाहिरी युवतीहरुलाई धेरै महत्व दिन शुरु गर्छन्। ज्योतिष शास्त्रमा प्राय श्रीमती भन्दा अन्य युवतीसँग पनि सम्बन्ध अगाडी बढाउने व्यक्तिहरुको राशि प्राय निम्न उल्लेखित रहने गर्छ।
मेष राशि: प्राय जस्तो यस राशि हुने पुरुषहरु आफ्नो श्रीमती अथवा प्रेमिकासँग खासै खुशी नहुने गर्छन्। हरेक समय अन्य युवतीको बारेमा सोच्ने गर्छन् भने तर उक्त कुरा आफ्नो घर सम्म आउन भने दिदैनन्। यस राशि भएका पुरुषहरु देख्दा धेरै शान्त देखिने गर्छन्। तर युवतीको मामलामा भने भित्रि रुपबाटनै चलाखी गर्न खप्पिस हुने गर्छन्।
मकर राशि: यस राशी हुने पुरुषहरु देखावटी गर्नमा धेरै माहिर हुने गर्छन्। अन्य युवतीहरु प्रति धेरै आकर्षित रहने यस राशिका पुरुषहरु आफ्नो बाहिरी कुरा लुकाउनमा धेरै खप्पिस हुने गर्छन्।
जता पनि मिल्न र मिलाउने खुबी भएका कारण पनि धेरै युवतीहरुसँग सम्बन्ध राख्न सक्छन्। साथै यस राशि भएका पुरुषहरुसँग धाटने खुबी समेत रहने गर्छ।





















Discussion about this post