गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्ट्याटस लेख्दै भनेकी छिन – “मौनता र मुस्कान दुइटा शक्तिशाली अस्त्र हुन।”
महिलाहरू शक्तिशाली हुन्छन् – यो इतिहासले देखाएको पनि तथ्य हो। इतिहासलाई छोडेर हाम्रा पौराणिक र धार्मिक ग्रन्थहरूमा पनि शक्तिशाली महिलाहरूलाई पूजा गर्ने प्रचलन रहेको छ। हामीले पूजा गर्ने देवी भगवतीहरू त्यस्ता महिलाहरू हुन जसले अनेक हण्डर खाँदै संसार जितेका थिए।
यसै सन्दर्भमा केही समय अघि दिवङ्गत भएका नेता प्रदीप गिरीले पोखरामा भएको साहित्यिक कार्यक्रममा भनेको भनाई उल्लेखनीय छ – उनले भनेका थिए – “मैले के देखेको छु भने सायद सबै समाजमा खास गरिकन जसलाई हामीले समाजका मान्यताभन्दा बाहिर गएर हिँडेको देख्छौँ, सधैँ तिनीहरूको आवरण, पोसाक र प्रस्तुतिलाई डढाइदिन चाहन्छौँ। ती हामीलाई अमान्य हुन्छन्। तिनलाई हामी ढुङ्गा हान्छौँ। अनि लाचार भएपछि पूजा गर्न थाल्छौँ।”
यस लाई थप प्रस्ट पार्दै गिरीले भनेका थिए, “सुरुमा तिनलाई सिद्ध्याइदिन र मारिदिन खोज्ने अनि अन्तिममा त्यो सिद्धिइन, बेइज्जत र उपेक्षा गर्न सकिएन भने पूजा गर्न थाल्छौँ। अरे, तिनीहरू त पञ्चकन्या हुन् भनेर!”
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post