चितवन गार्डेन रिर्साेटमा बिहे भोज खाएका २०० जना भन्दा बढी बिरामी भएका छन् । रिर्साेटमा २३ गते शुक्रबार भोज खाएकाहरु बिरामी भएर अहिले उपचार गराइरहेका छन् । बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरिएको छ ।
वाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी रिसोर्टमा शील गरिएको हो । नवलपुरको गैंंडाकोट १ का गणेश ढकाल र भरतपुर १० की सरष्मिा अधिकारीका बिहेमा संलग्न भएका ५२६ जनामा २०० भन्दा बढी बिरामी भएका हुन् ।
अधिकांश बिरामीहरुलाई भर्ना गरेर उपचार गराइरहेका छन् । चितवन क्षेत्र नं।२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएका दुई सयभन्दा बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको थियो ।
घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल,ेले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भए कारबाही गर्ने बताएकी छन् ।
भोज खाएकाहरुलाई काम ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका छन् । दिउँसो भोज खाएपछि भोलिपल्ट बिहानबाट जन्त गएकाहरु बिरामी हुन सुरु भएको थियो । गैंडाकोटबाट जन्ती गएका स्थानीयहरु सबै बिरामी भएका छन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post