कतार विश्वकपमा अर्काे दु:खद घटना: लुसेल रंगशालाबाट खसेर एक कामदारकाे निधन

कतारमा जारी विश्वकपका क्रममा लुसेल रंगशालाकाे आठौं तल्लाबाट खसेर एक आप्रवासी कामदारकाे निधन भएकाे छ। निधन भएका व्यक्ति २४ वर्षका थिए। उनी सुरक्षाकर्मीकाे रुपमा काम गर्न केन्याबाट कतार पुगेका थिए।

जाेन न्याउ किब्यु नाम गरेका युवा गत शनिबार ड्युटीकै क्रममा आठ तल्लाबाट खसेका थिए। उपचारका लागि उनलाई तीन दिनदेखि अस्पतालमा राखिएकाे थियाे।

तर विश्वकप आयाेजक समितिले मंगलबार राती उनकाे निधन भएकाे घाेषणा गरेकाे छ। मृतक किब्युकी बहिनी एन वाञ्जिरुले आफ्नाे दाजुलाई न्याय दिलाउन आफूसँग पैसा नभएकाे विदेशी समाचार एजेञ्सी सीएनएनलाई जानकारी दिएकी छिन्। ‘न्याय पाउन हामीसँग पैसा छैन तर के भयाे भनेर जान्न चाहन्छौं’, उनले भनेकी छिन्।

सीएनएनले प्राप्त मेडिकल रिपाेर्टअनुसार निधन भएका केन्याली आप्रवासीलाई दोहाको हमाद जनरल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियाे।

कागजपत्रमा उनलाई टाउकाेमा गम्भीर चाेट लागेकाे र अनुहार नचिन्ने अवस्थामा रहेकाे बताइएकाे छ। विश्व कपकाे सर्वाेच्च कमिटीले किब्युकाे निधनकाे पुष्टी गर्दै भनेकाे छ, ‘हामी यो कुरा सार्वजनिक गर्दा निकै दु:खी छाै‌।चिकित्सा टोलीको प्रयासको बाबजुद र तीन दिन सघन हेरचाह इकाईमा रहे पनि मंगलबार १३ डिसेम्बरमा उहाँको अस्पतालमा निधन भयो।’

सर्वाेच्च कमिटीले मृतककाे आफन्तलाई खबर गरिसकेकाे बताएकाे छ। ‘हामी यस दुःखद घडीमा उहाँको परिवार, सहकर्मी र साथीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तीमा भनिएकाे छ।

साउदी अरेबियाले प्रयोग गरेको प्रशिक्षण केन्द्रमा गत साता दुर्घटनामा अर्का एक जनाकाे पनि निधन भएकाे थियाे। प्रतियोगिता सुरु भएयता दुई आप्रवासी कामदारकाे निधन भइसकेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित