तनहुँमा श्रीमतीको कुटाइबाट श्रीमानको मृ’त्यु

तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृ’त्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएक उनीहरुबीच बुधबार राति विवाद भएको थियो ।

सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृ’त्यु भएको हो । सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित