दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ ।
यो समेतगरी यहाँ दुई करोड ७९ लाखभन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यहाँ केही दिनयतादेखि दैनिक कम्तीमा पनि ८० हजार जना सङ्क्रमित पाइएका पनि अधिकारीले जनाएका छन् ।
तर यो अघिल्लो दिनको ८६ हजार आठ सय ५२ जना सङ्क्रमितको तुलनामा भने केही कम हो । यहाँ अघिल्लो हप्ता भने ७४ हजारभन्दा धेरै सङ्क्रमित पाइने गरेको थियो । त्यसका तुलनामा यहाँका सङ्क्रमितमा कमी आएको हो ।
दक्षिण कोरियामा यो जाडो मौसममा पनि कोरोना भाइरसका सङ्क्रमितहरुमा उल्लेख्य मात्रामा कमी आउँन सकेको छैन । यहाँ अघिल्लो हप्ताभरि औसतमा ६३ हजार जना दैनिक सक्रमित देखिने गरेको थियो ।
पछिल्लो दिन यहाँ ४६ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ । यो समेतगरी यहाँ ३१ हजार जनाभन्दा बढीको कोभिडबाट ज्यान गएको छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post