नयाँ वर्ष २०२३ सुरु हुनुअघि घरमा ल्याउँनुहोस् यस्ता चीज, चुम्बक जसरी आउँछ घरमा धन-समृद्धि !

नयाँ वर्ष २०२३ आउन अब केही दिन मात्रै बाँकी छ। नयाँ वर्षमा मानिसहरु घरको सजावटका लागि विभिन्न किसिमका सामान ल्याउँछन्। के तपाईंलाई थाहा छ वास्तुशास्त्रमा पनि घरमा केही चीज राख्नु धेरै शुभ मानिन्छ। घरमा यी चिज राख्दा लक्ष्मीको आगमन हुने जनविश्वास रहेको छ। यस्तो अवस्थामा नयाँ वर्ष सुरु हुनुअघि नै घरमा ल्याउनुहोस् यी चीज-

लाफिङ बुद्ध
लाफिङ बुद्धलाई घरमा राख्नु निकै शुभ मानिन्छ। वास्तुका अनुसार जुन घरमा लाफिङ बुद्धको मूर्ति छ, त्यहाँ सकारात्मक ऊर्जाको संचार हुन्छ। ध्यान राख्नुहोस् कि यो मूर्ति उत्तर-पूर्व दिशामा मात्र राख्नुहोस्।

तुलसीको विरुवा
तुलसीमा लक्ष्मीको वास हुने जनविश्वास छ। नयाँ वर्षमा आर्थिक उन्नति चाहनुहुन्छ भने नयाँ वर्ष सुरु हुनुअघि घरमा तुलसीको बोट रोप्नुहोस्।

मयूरको प्वाँख
भगवान श्रीकृष्णलाई मयूरको प्वाँख अति प्रिय छ। भनिन्छ, जुन घरमा मयूरको प्वाँख हुन्छ, उक्त घरमा सधैं सुख वास हुन्छ।

धातुको कछुवा
वास्तुका अनुसार घरमा धातुको कछुवा राख्नु निकै शुभ मानिन्छ। भनिन्छ कि यसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ।

दक्षिणावर्ती शंख
दक्षिणावर्ती शंख किनेर राम्ररी पूजा गरी रातो कपडामा बेरेर तिजोरीमा राख्नुहोस्। यसो गर्नाले घरमा सुख-समृद्धि आउने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित