मोरक्कोका जिएचले विश्वकपमा पाएको सबै पारिश्रमिक च्यारिटीमा दिने

मोरक्कोका स्टार फुटबलर हाकिम जिएचले विश्वकपमा कमाएको सबै पैसा च्यारिटी र टिमका सदस्यहरूलाई दिने भएका छन्। मोरक्कोको राष्ट्रिय टिममा डेब्यु गरेका जिएचले मोरक्कोलाई सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

मोरक्को सेमिफाइनलसम्म पुग्दा जिएचले जारी विश्वकपमा करिब दुई लाख ६२ हजार पाउन्ड कमाएका थिए। अरबिक पोस्टका अनुसार उदार जिएच जहिले पनि राष्ट्रिय टिमले मोरक्को बोलाउँदा विमान चार्टर गर्छन्, र आफूसँगै नजिक भएका सहकर्मीलाई पनि लिएर जान्छन्।

जिएचले यसअघि मोरक्कोका फुटबल टिम, अस्पताल र गरिबलाई सहयोग गर्ने संस्थाहरूलाई पैसा दिने गरेको दाबी गरेका छन्। पूर्व प्रशिक्षकसँगको विवादका कारण जिएचले गत फेब्रुअरीमा राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका थिए।

तर, वालिद रेग्राग्वीले राष्ट्रिय टिमको नेतृत्व सम्हालेपछि सन्यास फिर्ता लिएका जिएच १० महिनापछि विश्वकपको सेमिफाइनलमा पुगेका हुन्।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित