मृगौला फेल भएपछि यी अभिनेत्रीको बिचल्ली, छिन निकै पिडामा

भारतीय टेलिभिजन अभिनेत्री अनाया सोनीको मृगौला फेल भएको छ । अकबर–बीरबल, मेरे साई, क्राइम पेट्रोल जस्ता टिभी शोमा काम गरिसकेकी सोनीले आफ्नो मृगौला फेल भएको जानकारी गराएकी छन् ।

उनले मृगौला फेल भएको पोस्ट गरेपछि काम समेत पाउन छाडेको बताएकी छन् । उनले आफ्नो मृगौलामा खराबी देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलासिस गराइरहेको बताएकी छिन् । उनले आफ्नो यथार्थतालाई समाजिक संजालमा लेखेकी थिईन् । तर यो घटना थाहा पाएपछि उनलाई कसैले पनि काम दिएका छैनन् ।

उनले आफूले काम पाउन समेत छोडेको बताएकी छिन् ।नको अस्वस्थताका कारण धेरै कामहरू उनको हातबाट फुत्किएपछि डायलासिसको खर्च पनि पुर्याउन बताउकी छन् । उनले आफूले काम गरिरहेको टिभि सिरियल मेरे साईं’ को सुटिङ स्थलबाट डायलासिसका लागि दुई दिनअघि मात्रै फर्कीएको बताइन् ।

उनले डायलासिसका कारण नियमित काम गर्न नसकेको र डायलासिस हुने दिन सेटमा पुग्न मुस्किल रहेको बताइन् । प्रत्येक डायलासिसमा पन्ध्र सय भारतीय रुपैयाँ शुल्क लाग्ने र यसबाहेक औषधिको मूल्य फरक रहेको र स्पताल आउदा जादाँ लाग्ने खर्च जोगाउन अस्पताल नजिक कोठा भाडा लिएर बसेको बताएकी छन् ।

सन् २०१५ मा उनको दुवै मिर्गौला फेल भएको थियो । त्यसपछि उनका बावुले एउटा मृगौला दिएका थिए । गत वर्ष त्यो मृगौला पनि कोभिडका कारण फेल भएको उनी बताउछिन् ।

उनको आमालाई मधुमेह भएका कारण मृगौला दान गर्न असमर्थ रहेको उनको दुखेसो छ । साथै उनले मिर्गौलाका लागि निवेदन पनि दिएकी छन् । उनको यस्तो खबर बाहिर आएपछि फ्यानहरु दुखी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित