विवादमा परेपछि कमला घिमिरे भन्छिन्– दिदीको आत्मसम्मानमा पर्न गएको चोटप्रति माफी माग्छु

‘१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले माफी मागेकी छन्। सुमन परियारसँग मिलेर गाएको उक्त गीतलाई हटाउनुपर्नेभन्दै आलोचना भएपछि गायिकाले माफी मागेकी हुन्।

गीतका शब्द र टुक्का नाबालिका बलात्कार घटनामा पीडितसँग मिलाइएको छ। अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको जबरजस्ती करणी र बलात्कारको आरोपका घटनासँग मिलेका छन्।

त्यसप्रति आलोचना भएपछि फेसबुकमार्फत गायिका कमलाले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन्। उनले कुनै प्लान गरेर डलरकै लागि भनेर, कसैलाई बर्बादै पार्ने गरी नगाइएको प्रस्टीकरण समेत दिएकी छिन्।

कमलाले फेसबुकमा लेखेकी छिन् ‘‘जसरी अहिले दिदी ,,,लाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रती हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला।

आइन्दा यस्तो गल्ती हुनेछैन।र अर्को कुरा जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्ष विपक्ष गर्दै बोल्नुभएको छ। मबाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थे होला।

हजुरको उपदेश शिरोभार गर्थे होला। तर मन क्षतविक्षत हुने गरी लेखियो। बोलियो । यस्ले एकदमै दुखी बनायो। खैर केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित