बलिउडका किंग खान मानिने शाहरुख खानद्धारा निर्माण गरिएको ‘पठान’ फिल्म हलहरुमा लाग्नभन्दा पहिले विवादमा तानिएको छ । शाहरुख खान आफै नायक बनेका उक्त फिल्मकी नायिका दिपीका पादुकोणले फिल्म कैरियरमा दिएको अहिलेसम्मकै हट र बोल्ड सिनका कारण फिल्म विवादमा तानिएको छ ।
पादुकोणको ड्रेससँगै फिल्म निर्माता शाहरुख खान समेत विवादमा तानिएका छन् । मंगलबार उक्त फिल्मको एउटा गीत ‘बेशरम रंग’ युट्युवमार्फत् सार्वजनिक गरिएपछि यसमा उनीहरुले दिएको सिनको भारतमात्र नभएर विश्वमै सकारात्मक तथा नकारात्मक रुपमा चर्चाको विषय बनेको छ ।
मध्यप्रदेशका गृहमन्त्री गृहमंत्री डा‘. नरोत्तम मिश्राले उक्त गीतमा दिपीकाले लगाइएको कपडाको विरोध गरेका छन् । गीतमा दिपीकाले लगाएको पहेलो ( जोगी रंग) को कपडाको विरो गरेका छन् । उनले फिल्ममा अभिनेत्रीको भेषभुषा र उक्त दृश्य नसच्याएर प्रदेशमा उक्त फिल्म प्रदर्शनको अनुमति नदिने चेतावनी समेत दिएका छन् ।
चलचित्रको गीतमा प्रयोग गरिएको कस्ट्य्ुम पहिलो नजरमा निकै आपत्तिजनक रहेको मिश्राले बताएका छन् । यो गीत नकारात्मक मानसिकताका कारण छायांकन गरिएको प्रष्ट देखिन्छ । उनले दीपिका पादुकोण टुकडे टुकडे गिरोहको समर्थक रहेको भन्दै यस्तो दृश्य परिवर्तन गर्न भनेका छन् ।
नयाँ वर्ष २०२३ को जनवरी २५ मा हिन्दी तथा साउथ भाषामा प्रदर्शन गर्न लागिएको पठानमा शाहरुख खान र दिपीकाका साथै अर्का नायक जोन आब्रहमको पनि मुख्य भूमिका रहेको छ । मंगलबार मात्रै राखिएको उक्त गीतलाई हालसम्म ३५ मिलियनले हेरेका छन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post