अन्तत: समाप्त भयो यी ५ राशिको खराब समय, शुक्रले बनाउनेछ धनवान्

कुनै पनि ग्रह वर्तमान राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रियालाई त्यस ग्रहको गोचर या राशि परिवर्तन भनिन्छ। गत मङ्सिर १९ गते सोमबार शुक्र ग्रह वृश्चिक राशिबाट निक्लिएर धनु राशिमा प्रवेश गरेको थियो। शुक्र ग्रहलाई विलासितापूर्ण वस्तुको ग्रह मानिन्छ। यस ग्रहको राशि परिवर्तनले सबै राशिहरुमा प्रभाव पार्छ, परन्तु यसको असर केही राशिहरुमा विशेष प्रकारले पर्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको राशि परिवर्तन मेष राशिका जातकलाई शुभ हुनेछ। मेष राशिमा शुक्र ग्रहको गोचर भाग्य अथवा धन भावमा हुने हुँदा यस राशिका जातकलाई करियरमा अचानक प्रगति हुनेछ। नोकरीपेशा गर्ने व्यक्तिले राम्रो पदमा बढुवा पाउनेछन्। दाम्पत्य जीवन सुखद् रहनेछ। व्यापारमा लाभ हुनसक्छ। घरमा धार्मिक कार्यक्रम हुन सक्छ, जुन सुखद् रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
ज्योतिष शास्त्र अनुसार सिंह राशि हुनेहरुका लागि शुक्र गोचर शुभ मानिन्छ। केहि धेरै खुसीको खबर तपाईको लागि पर्खिरहेको छ। सिंह राशिका व्यक्तिहरु जागिर परिवर्तन गर्ने योजनामा ​​हुनुहुन्छ भने यो समय उत्तम हो। कार्यस्थलमा कर्मचारी र अधिकारीको पूर्ण सहयोग रहनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
ज्योतिष शास्त्र अनुसार वृश्चिक राशिका जातकको लागि शुक्र ग्रहको गोचर लाभदायी साबित हुनेछ। शुक्र ग्रह वृश्चिक राशिको दोस्रो भावमा प्रवेश गर्नेछ, जसकारण यस राशिका जातकले हरेक सुख-सुविधा प्राप्त गर्नुका साथै विलासी वस्तुको आनन्द लिनेछन्। यस समयमा कुनै पनि नयाँ लगानी लाभदायक हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
ज्योतिषशास्त्रका अनुसार तुला राशि भएका व्यक्तिका लागि शुक्रको राशि परिवर्तन शुभ रहनेछ। तुला राशिको तेस्रो घरमा शुक्र प्रवेशको कारणले यस राशिका व्यक्तिहरूलाई आर्थिक लाभ हुनेछ। ग्रह गोचरको कारण पारिवारिक सुख सुविधामा वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुनेछ। पुराना रोकिएका कामहरु पुरा हुनेछन्। तुला राशिका मानिसहरुले शुभ समाचार पाउनेछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
ज्योतिष शास्त्र अनुसार तुला राशि हुनेहरुका लागि शुक्रको राशि लाभदायक रहनेछ। कुम्भ राशिको एघारौँ भावमा शुक्रको गोचरले यस राशिको जातकलाई आर्थिक मजबूति प्रदान गर्नेछ। आय श्रोत बढ्नेछ। विगतमा गरेको लगानी अहिले फलदायी हुनेछ। भावी दिनमा उच्च पदस्थ व्यक्तिसँग सम्बन्ध बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित