चिसोका कारण एक करोड ५० लाखभन्दा धेरै बिरामी

अमेरिकामा यस वर्षको चिसो मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख जना बिरामी भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीले जनाएको छ ।

सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित