२०२३ बाट यी राशि प्रति दयालु हुनेछन् शनि देव, मिल्नेछ भाग्यको पुरा साथ !

शनिदेवलाई व्यक्तिको कर्म अनुसारको फल दिने देवताको रुपमा चिनिन्छ । शनि देव राम्रो कर्म गर्नेलाई शुभ र नराम्रो कर्म गर्नेलाई अशुभ फल दिन्छन् । शनिदेवलाई न्यायको देवता भनिन्छ।

शनिदेवको अशुभ प्रभावबाट बच्न मानिसहरुले विभिन्न उपाय अपनाउने गर्छन् । शनिबारलाई शनिदेवलाई प्रसन्न पार्नको लागि विशेष दिन मानिन्छ। शनिको राशि परिवर्तन वा चाल परिवर्तनले सबै राशिलाई शुभ-अशुभ प्रभाव पार्छ।

धार्मिक मान्यता अनुसार २३ अक्टोबर २०२२ मा शनिदेव मकर राशिमा प्रवेश गरेका थिए । अब १७ जनवरी २०२३ सम्म शनि मकर राशिमा रहनेछन् र सीधा यात्रा चालमा फर्कने छन् ।

ज्योतिष शास्त्रका अनुसार शनि प्रतिगामी अवस्थामा हुँदा शनि ढैय्या र शनि साढे सतीबाट पीडित व्यक्तिले कष्ट भोग्नु पर्ने हुन्छ । १७ जनवरी २०२३ मा ०८:१७ मिनेटमा शनिदेव मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछन्।

नयाँ वर्ष २०२३ मा जनवरी १७ मा शनिदेव कुम्भ राशिमा प्रवेश गर्नेछन्। शनिदेव कुम्भ राशिको स्वामी ग्रह हो। यस्तो अवस्थामा शनिदेवले कुम्भ राशिका मानिसहरूलाई शुभ फल प्रदान गर्नेछन् ।

मिथुन र तुला राशिका व्यक्तिहरूलाई कुम्भ राशिमा शनि गोचर हुने शनि ढैय्याबाट मुक्ति मिल्नेछ। धनु राशि भएका व्यक्तिले शनिको साढे सातिबाट मुक्ति पाउनेछन् । यस्तो अवस्थामा यी तीन राशिका मानिसले धेरै समस्याबाट छुटकारा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित