सम्बन्ध-विच्छेदको हल्लाबीच ऋचाले टिकटकमा हालिन् निशान भट्टराईसँगको रोमान्टिक भिडियो

पछिल्लो साता गायक निशान भट्टराईको वैवाहिक जीवनमा खटपट आएको कुराले निकै चर्चा पायो । एकले अर्काको तस्वीर फेसबुक र इन्स्टाग्राममा हटाएका उनीहरुले अनफलो समेत गरेका थिए ।

‘सम्बन्धविच्छेद’को हल्ला व्यापक बनेपछि यी दुवै जनाले आफूहरुबीचको सम्बन्ध सामान्य रहेको प्रष्टीकरण दिन खोजेका छन् । निशान र पत्नी ऋचा न्यौपानेले विवाह मात्र होइन एकअर्कासँगका तस्वीर लुकाउँदा खटपटको शंकालाई बल मिलेको थियो ।

निशान र ऋचा दुवैले लुकाएका फेसबुक र इन्स्टाग्रामका एकअर्काका रोमान्टिक तस्वीर पुनः सार्वजनिक गरेका छन् । ऋचाले डिएक्टिभेड रहेको आफ्नो फेसबुक अकाउन्ट पनि एक्टिभ गरेकी छन् । ऋचाले टिकटकमा निशानसँगको रोमान्टिक भिडियो पोस्ट गरेकी छन् ।

सुरुमा फोटो र भिडियो हटाएका र मिडियामा खबर आएपछि पुनः पोस्ट गर्दै उनीहरुले हल्लालाई खण्डन गर्न चाहेको देखिन्छ । फोटो र भिडियो पुनः पोस्ट गरे पनि यी दुईले शाब्दिक रुपमा सम्बन्धबारे खुलाएर केही बोलेका छैनन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित