बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँ’जा चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँ’जासहित आफ्नै घरबाट प’क्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई प’क्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइर्’ गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।
उहाँको घरबाट बरामद भएको गाँ’जा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी विसं २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा ला’गुऔषध गाँ’जा÷चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मु’द्दा दर्ता भएको थियो ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post