भेलु बाजे र उनलाई उचाल्ने युट्युबरलाई कारबाहीको माग !

सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढाको हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कत र बोली व्यबहारले बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै उनी र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ ।

झिमरुक ३ प्युठानका सुवास जिसीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनले पत्रमा लेखेका छन् भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले म’दिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अ’श्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर,

अ’श्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’

भेलु बाजेले सामाजिक सञ्जालको माध्यमबाट छाडा सुन्नै नसकिने शब्दहरु बोल्दै आइरहेका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताएकी छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित