भारतीय अभिनेत्री तेजस्विनी भन्छिन्- कोठाभाडाको बदलामा घरमालिकले यौ’न प्रस्ताव गरे

भारतीय अभनेत्री तेजस्विनी पन्डितले आफूसँग एक घरमालिकले भाडाको बदला यौ’न प्रस्ताव गरेको बताएकी छिन्। करियरको सुरुवाती घटनालाई स्मरण गर्दै उनले उक्त प्रस्तावपछि ती घरमालिकलाई आफूले अनुहारमा गिलासको पानी छ्यापेर हिँडेको बताएकी छिन्।

उनले स्मरण गरिन्, ‘म त्यो बेला पुणेको सिंहगढ रोडमा रहेको एक अपार्टमेन्टमा बस्थेँ। मेरा दुई फिल्म रिलिज भएका थिए र संघर्ष गर्दै थिएँ। त्यही बेला भाडा दिन जाँदा घरमालिकले यौ’न प्रस्ताव गरे।

उक्त प्रस्ताव स्वीकारेमा भाडा नलिने बताए। अगाडि गिलासमा पानी थियो। मुखमा छ्यापेर निस्केँ।’ घरमालिकको एउटा कर्पोरेट अफिस रहेको र भाडा बुझाउन त्यहीँ बोलाएको उनले उक्त अन्तरवार्तामा उल्लेख गरेकी छिन्।

उनले थपिन्, ‘मैले उसलाई भनेँ- यी सब गर्ने भए तपाईंको यस्तो घरमा बस्नु पर्दैनथ्यो। म अभिनयका लागि आएकी हुँ। त्यही नजरले हेर्नु।’ उनले आफ्नो पेशाका दृष्टिले जज गरेकी बताएकी छिन्। संघर्षरत समयमा रहेकाले आफू आर्थिक अभावमा रहेको ती घरमालिकले बुझेर त्यसरी प्रस्ताव गर्ने आँट गरेको उनको बुझाइ छ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित