साउथ अभिनेत्री सामन्था रुथ प्रभु हालका दिनमा अस्वस्थताका कारण अभिनयमा धेरै सक्रिय छैनन् । मायोसिटिस नामक रोगबाट पीडित उनी अब चाँडै नै लामो ब्रेक लिने तयारीमा छिन् ।
अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।
हिन्दी डब डेब्यू फिल्म ‘द फेमिली मेन २’को सफलता पछि उनले धेरै बलिउड फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर स्वास्थ्यका कारण सामन्थाले समय नदिने भएपछि निर्माताले सामन्थाको विकल्प खोज्न थालेका छन् ।
सामन्था अहिले विजय देवरकोण्डा अभिनित फिल्म ‘कुशी’को सुटिङ पुरा गर्ने तयारीमा छिन् । यो फिल्मको काम पूरा गरेपछि उनी केही समयका लागि फिल्मबाट टाढिने छिन् । यो फिल्मबाहेक अन्य फिल्मका लागि भने उनले तत्काल असम्भव भनेपछि निर्माताले विकल्प खोज्न थालिसकेका छन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post