घरमा देवी देवताको मूर्ति राख्ने परम्परा पुरानो समयदेखि नै चल्दै आएको हो । आज पनि धेरै मानिसको घरमा देवी देवताको मूर्ति भेटिन्छ ।हरेक बिहान, साँझ घरको मन्दिरमा राखिएको मूर्तिको पूजा गरे वा दर्शन गरे सकारात्मक विचार प्राप्त हुने विश्वास लिइन्छ ।
ज्योतिषशास्त्रका अनुसार, देवी देवताको मूर्ति राख्ने वा पूजा–पाठ गरेमा घरमा केही वास्तु दोषसमेत मेटिन्छ । यद्यपी मूर्तिको बारेमा यो कुरामा भने सधैं ध्यान दिनुपर्छ ।
कुनैपनि घरमा टुटेफुटेको मूर्ति राख्नुहुँदैन, त्यस्तै धेरै मूर्ति पनि राख्नु हुँदैन ।शिवलिंग कहिल्यै खण्डित हुँदैन:शिवलिंग आकार अनिश्चित हुने शिवपुराणमा उल्लेख गरिएको छ ।
यसको अर्थ टुटेफुटेको शिवलिंग पनि पूज्नका लागि योग्य हुन्छ । शिवलिंगलाई संवेदनशील मानिन्छ । यसैकारण घरमा ठूलो शिवलिंग राख्न पनि हुँदैन । घरको लागि सानो शिवलिंग बढी राम्रो हुन्छ ।खण्डित मूर्तिको पूजाले पूरा फल मिल्दैन:शिवलिंगको अलवा अन्य सबै देवीदेवताको मूर्ति टुटेफुटेको छ भने त्यसलाई पूजा नगर्नुहोस् ।
टुटेफुटेको मूर्तिको पूजा गर्दा पूरा फल नमिल्ने बताइन्छ । यसले मनमा शान्ति समेत नमिल्ने शास्त्रमा उल्लेख छ ।फूटेको मूर्तिका कारण हुन्छ वास्तु दोष:घरमा टुटेफुटेको मूर्ति राख्दा वास्तु दोष बढ्ने वास्तुशास्त्रको मान्यता छ ।
यस्तो दोषले घरमा नकारात्मक वातावरण सिर्जना हुन्छ । पूजा गर्ने समे भागवानको मूर्तितर्फ ध्यान नगई अन्यतर्फ ध्यान जान्छ । जसका कारण तनाव उत्पन्न हुन्छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post