चार्ल्स शोभराजले प्रेमिका भनिएकी निहितासँग किन भेट्न मानेन् ?

विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजले प्रेमिका भनिएकी निहिता विश्वास र उनकी आमा सकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् । निहिता र शकुन्तला शोभराजलाई भेट्न अध्यागमन विभाग पुगे पनि उनले भेट्न अस्वीकार गरेका हुन् ।

एक प्रहरी उच्च अधिकारीका अनुसार शोभराजले कानुन व्यवसायीलाई भेट्न भित्र बोलाए पनि निहिता र उनकी आमासँग भने भेट्न अस्वीकार गरेका हुन् । यता, निहिता र उनकी आमा भने प्रहरीले भेट्न नदिएको भन्दै आक्रोशित भएका छन् ।

चार्ल्स गुरुमुख शोभराजलाई अध्यागमनको कडा सुरक्षा घेरामा राखेर कागजी प्रक्रिया मिलाइएको छ। प्रेमिका निहिता विश्वास वाहिर पर्खिरहेकी थिईन। निहिताले सुरक्षाका कारण भन्दै आफूलाई छिर्न नदिएकोमा गुनासो व्यक्त गरेकी छिन्। ‘आधिकारिक रुपमा भित्र को प्रवेश गर्ने नगर्ने विषयमा तजबिजी भएपनि हामी धैर्यताको साथ बसिरहेका छौं,’ निहिताले भनिन्।

आज केन्द्रीय कारागारको भित्री परिसरमा नै सुरक्षाकर्मीको गाडीमा हालेर शोभराज जेलबाट बाहिरिए थिए। शोभराज बा २ झ ३९८० नम्बरको सेतो भ्यानमा थिए। अगाडिपाडि सुरक्षाकर्मीको गाडीबाटै स्कर्टिङ। यसरी बाक्लो सुरक्षाबिच अध्यागमन विभाग पु¥याइएको थियो। सुरक्षा थ्रेटलाई महसुस गर्दै उनलाई आजनै फ्रान्स पठाउने तयारी भएको निहिताले बताएकी छिन्।

बुधबार साँझ अदालतको फैलासा आउँदा अदालतमा ६ बजेर ४५ मिनेटमा अन्तिम भेट भएको निहिताले सुनाइन्। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए। २०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडियन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

त्यो मुद्दामा सजाय भुक्तान गरिरहेका शोभराज २०८० असोज १ सम्म कैद बस्नुपर्ने हो तर सर्वोच्चले भक्तपुरको हत्या प्रकरणबाहेक अरू मुद्दामा संलग्न नभए वृद्ध अवस्था र दीर्घरोगीजस्ता विषयमा कारागार नियमावलीअनुसार पाउने छुट दिएर रिहा गर्न आदेश दिएको थियो ।

उनलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ ।

उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् । ट्राभल डकुमेन्ट बनेको खण्डमा शुक्रबार नै शोभराज निष्कासित हुनेछन् । प्रक्रिया नटुंगिए उनलाई विभागको निगरानीमा रहने गरी डिल्लीबजार कारागारमा राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित