महोत्तरीको सम्सी गाउँपालिकामा एक जना मजदुरकाे निर्ममतापूर्वक ह’त्या भएकाे छ । सम्सी गाउँपालिका वडा नम्बर २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाई ह’त्या गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएकाे हाे ।
ह’त्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सलामले अन्सारीलाई दिइरहेको यातनाकाे भिडियो पनि बनाएका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।
गत बुधबार अन्सारीको मलद्वारमा पेट्राेल छर्केर आगो लगाई सलामलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीलाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारकै क्रममा आज मृ’त्यु भएको छ ।
मजदुरी गर्दै आएका अन्सारी १५ हजार महिना पारिश्रमिकमा सलामकाे घरमा काम गर्दै थिए । काम सुरु गरेकै पहिलाे दिन घरधनी सलामले उनलाई निर्ममता पूर्वक ह’त्या गरेकाे प्रहरीकाे भनाइ छ ।
इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन प’क्राउ गरिसकेकाे महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । उनले भने, ‘उनीमाथि ज्यान मा’र्ने उद्योग मु’द्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइसकेका छौँ ।’
घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको छ । प’क्राउ परेका सलाम लागूऔषध मुद्दामा पहिले पनि दुई पटक प’क्राउ परिसकेका थिए । मृतकका भाइ समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । मृतक अन्सारीको घरको आर्थिक अवस्था निकै कमजोर छ । उनकाे ६ जना सन्तान छन् ।





















Discussion about this post