चर्चित दक्षिण भारतीय अभिनेता चलपथी रावको ७८ वर्षको उमेरमा निधन

चर्चित दक्षिण भारतीय अभिनेता तथा निर्माता चलपथी रावको आइतबार उनको निवासमा हृदयाघातका कारण निधन भएको छ । उनलाई आइतबार बिहान आफ्नै घरमा हृदयघात भएको थियो ।

सोही समय उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राव तेलुगु सिनेमामा उनको हास्य र खलनायक भूमिकाका लागि परिचित थिए। उनी आन्ध्र प्रदेशको कृष्णा जिल्लाको बलिपरुका थिए र उनले ६०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

वरिष्ठ एनटी रामारावको प्रोत्साहनमा राव फिल्म उद्योगमा प्रवेश गरे र सन् १९६६ को फिल्म गुडाचरी ११६ बाट डेब्यू गरे। उनको ७८ वर्षको उमेरमा निधन भएको बताइएको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

उनको निधनले परिवार स्तब्ध भएका छन् । उनले ‘कलियुग कृष्णदु’, ‘कडापा रेडम्मा’, ‘जगन्नाटकम’, ‘पेलान्टे नुरेल्ला पन्त’, ‘राष्ट्रपतिगरी अल्लुदु’, ‘अर्धारात्री हात्यालु’ र ‘रक्तम छिन्दिना रात्रि’ जस्ता चलचित्र निर्माण गरेका थिए ।

रावको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि आइतबार दिउँसोसम्म उनका छोरा रविबाबुको बञ्जारा हिल्सस्थित निवासमा राखिनेछ । छोरी अमेरिकाबाट आएपछि बुधबार दिउँसो ३ बजेपछि अन्तिम संस्कार गरिने छ ।

उनले ६०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। उनले दक्षिण भारतीय मात्रै नभएर भारतीय फिल्ममा पनि काम गरेका थिए । उनको परिवारमा श्रीमती र दुई सन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित