ऐतिहासिक सामरी पौवाको पुनः निर्माण गरियो

विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ ।

रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

स्थानीय बूढापाका तथा शिलालेखअनुसार विसं १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा विसं १८०१ मा पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएकाले कारण ऐतिहासिक मानिएको पौवा भूकम्पले क्षति पुर्याएपछि खण्डहर बनेको थियो ।

गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुनःनिर्माण गर्ने की खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त इतिहासको आधारमा पुनःनिर्माणसहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिए ।

उनको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिलाजस्तो थियो सोही स्वरुपमा पुनःनिर्माण गरिएको हो । सोसँगै रहेको पाटीलगायतका संरचनाको पुनःनिर्माणको लागी लागत इष्टिमेट (खर्चको अनुमान) तयार भएकाले आवश्यक थप संरचनाको पुनःनिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ ।

प्राप्त इतिहासअनुसार उक्त पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको थियो । गोरखाबाट यही बाटो हुँदै नुवाकोट आक्रमणको लागि आउनुभएका पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान स्थानीय रामेश्वर खड्काले सुनाउनुभयो ।

पृथ्वीनारायण शाहलाई खड्का परिवारले उक्त पौवामा बस्नसहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडासमेत गरेर सो समयमा रु चार हजार ऋण दिएको थियो ।

सो ऋणको प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहसँग फिर्ता लिएर विसं १९९० सालमा भूकम्पले क्षति पुर्याएको उक्त पौवाको खड्का परिवारमार्फत नै मर्मतसम्भार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित