‘हात्तीछाप’मा दयाको पारिश्रमिक ३० लाख, सौगात शेयरमा

निर्माता किरण नेपालीले ‘२ नम्बरी’बाट राम्रो कमाई गरेपछि उनको ब्यानरले बनाउन लागेको नयाँ फिल्म ‘हात्तीछाप’माथि कलाकारको समेत नजर परेको छ ।

यसैले, यो फिल्मका लागि नायक सौगात मल्लले मुनाफाको शेयर लिने गरि संझौता गरेका छन् । ‘२ नम्बरी’मा पारिश्रमिक लिएर काम गरेका सौगात यसपटक पनि फिल्म चलिहाल्छ भन्ने सोचका साथ मुनाफाको शेयरमा बसेका हुन् ।

उनी शेयरमा बस्ने कि पारिश्रमिक लिने भन्ने दुबिधामा केही समय पर्दा, निर्माता नेपालीले उनीसँग संझौता गर्न सकेका थिएनन् । तर, यसपटक पनि फिल्मले राम्रो कमाई गर्ने देखेर सौगातले मुनाफामा काम गर्न लागेका हुन् ।

यस्तै, फिल्ममा निर्देशक सिमोस सुनुवार र लेखक प्रदीप भारद्धाजले पनि पारिश्रमिक लिएका छैनन् । यी दुबैले पनि मुनाफाको शेयर लिनेगरि फिल्ममा संझौता गरेका छन् ।

तर, नायक दयाहाङ राइलाई भने निर्माताले लोभलाग्दो रकम दिएका छन् । फिल्मका लागि दयाले ३० लाख रुपैयाँ पारिश्रमिक लिएको वुझिएको छ । निर्माता र कलाकारले यस बिषयमा केही नबोलेपनि मेरो फिल्म श्रोतले भने दयाले ३० लाख पारिश्रमिक लिएको पुष्टी गरेको छ ।

फिल्मको छायांकन चैत्रबाट सुरु हुनेछ । यसपटक, ठूलो क्यानभासमा फिल्म खिच्ने र महंगो पारिश्रमिक रकमलाई फिल्ममै लगाउन सौगात, किरण, सिमोस र प्रदीप सहमत भएका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित