मिस पबि र सागर ढकाल प्रेममा छन् ? कुरै कुरामा बाहिरियो यस्तो र’हस्य !

गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा मिस पबि र सागर ढकालको प्रेम बारे चर्चा पनि चल्यो उक्त कुरालाई मिस पबीले खण्डन गर्दै केहि नभएको प्रस्ट पारिन । साथै काली भनेर आएका कुराहरुलाई मिस पबिले नकारिन ।

भनिन त्यो त हेर्ने मान्छेको कुरामा भर पर्ने कुरा हो, म तेस्तो काली पनि छैन मेकअपले गर्दा काली देखिएको हो उनले भनिन । हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीकै शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् ।

शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक समारोहमा बोल्दै सांसद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे । उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दरताको वर्णन गरेको बताए ।

त्यस्तै ढकालले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा देख्न पाउँदा खुशी लागेको बताए । त्यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टिमको खुलेर प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित