‘प्रेमगीत ३’ भुवन केसीले गर्दा चलेको हो- शिव श्रेष्ठ

विवादै विवादबीच प्रदर्शन भएको फिल्म हो ‘प्रेमगीत ३’।

यो फिल्म नेपाली र हिन्दी संस्करणमा विश्वव्यापी रुपमा असोज ७ गतेदेखि प्रदर्शन भएको थियो। नेपालमा भने हिन्दी संस्करण फिल्म प्रदर्शन भएको ३ दिनपछि मात्रै प्रदर्शन भयो।

चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्म सरह कर लगाउनेदेखि लिएर विभिन्न कुरामा विवाद भएको थियो। पछि सञ्चार मन्त्रालयले फिल्मलाई नेपाली फिल्मको मान्यता दिएको थियो। यसप्रति निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले असन्तुष्ट व्यक्त गरेका थिए।

निर्माता सेन र अभिनेता खड्काले बोर्डप्रति असन्तुष्ट व्यक्त गरे पनि अर्का अभिनेता शिव श्रेष्ठले ‘प्रेमगीत ३’ विश्वव्यापी रुपमा प्रदर्शन हुनुमा भुवन केसीको सहयोग रहेको बताए।

बिहीबार बोर्डले आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’ को घोषणा कार्यक्रममा अभिनेता श्रेष्ठले ‘प्रेमगीत ३’ को सफलतामा भुवन केसीको हात रहेको बताएका हुन्।

‘चलचित्र विकास बोर्डमा फिल्मलाई माया गर्न भुवन केसी आएपछि विश्वव्यापी रुपमा फैलाउने कार्य गर्नु भएको छ। उहाँकै कार्यकालमा प्रेमगीत ३ विश्वव्यापी रुपमा प्रदर्शन भयो। भित्री कुरा कसैलाई थाहा छैन तर प्रेमगीत उहाँले गर्दा चलेको हो। उहाँले फिल्मकाे सबै काम नगरिदिनु भएको भए हामीले कसरी फिल्म चलाउँथथ्यौं?,’ उनले भने।

शिव श्रेष्ठकाे कुरामा थप्दै अभिनेता भुवन केसीले भने, ‘उहाँले विकास बोर्डले सेन्सर गरेर फिल्म चलेको भन्न खोज्नु भएको हो। हामीले कहिले पनि प्रेमगीत ३ प्रदर्शनप्रति रोक लगाएका थिएनौं। केही कागज नपुगरे ढिलाइ भएको थियो। उहाँहरूको फिल्मले सफलता पाउँदा हामी सबै खुसी छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित