सुशान्तसँग मलिनाको ब्रेकअप, भन्छिन्, ‘खुसी भएर बस्न निर्णय गरेँ’

प्रेम र ब्रेकअपको कारणले सधैँ चर्चामा रहने केही सेलिब्रेटी छन् नेपाली कलाक्षेत्रमा । ती मध्यकी एक हुन् पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी । उनी कहिले प्रेम त, कहिले ब्रेकअपको कारणले सधैँ चर्चाको विषय बन्ने गरेकी छन् ।

फिल्म ‘ऋतु’ बाट अभिनेत्रीमा डेब्यू गरेकी उनी केही वर्ष अभिनेता अनुपविक्रम शाहीको प्रेममा रहिन् । केही समयपछि अनुपसँग उनको ब्रेकअप भयो । त्यसपछि उनी जिम ट्रेनर सुशान्त प्रधान प्रेममा परिन् ।

सुशान्तसँग उनी विवाहको योजनामा रहेका समाचार समेत बाहिर आएको थियो । तर अहिले उनको सुशान्तसँग ब्रेकअप भएको छ । हालै एक अवार्ड कार्यक्रममा सहभागी अभिनेत्री जोशीले ब्रेकअप हुनुको कारण खुलाएकी छन् ।

‘एउटा पब्लिक फिगरले प्रेम सम्बन्ध सार्वजनिक गर्दा सधैँभरि होस् भन्ने सोचले नै गर्छ । तर, समय बित्दै जाँदा धेरै कुरा थाहा हुने रहेछ’ उनले अगाडि भनेकी छन्, ‘कहिले काहीँ एकअर्कामा धेरै भिन्नताहरू देखिने रहेछ । अन्य कुराहरू पनि छन्, जसले गर्दा हामी अलग भएका हौँ ।’

उनले प्रेम सम्बन्ध टुटे पनि आफूले सुशान्तको सधैँ भलो चाहने उनले बताएकी छन् । उनले भनिन्, ‘उसको सयौँ सपना होस् र सबै पूरा होस् । उसको पोडकास्ट एकदमै पपुलर होस् । उसको स्वास्थ्य सधैँ राम्रो होस् ।’

आफू दुखी भएर बस्न भन्दा पनि खुसी भएर बस्न ब्रेकअपको निर्णय गरेको बताएकी उनले प्रेमले आफू भन्दा माथि अरूलाई राख्न शक्ति दिने समेत बताएकी छन् ।

सुशान्तसँग प्रेममा रहँदा मलिना दिनहुँ जिम धाउँथिन् । अहिले भने आफूले जिम जान छाडेको समेत उनले बताएकी छन् । कार्यक्रममा उनले फिल्म ‘छक्का पञ्जा ४’ को विषयमा समेत कुराकानी गरेकी छन् । उनले ‘छक्का पन्जा ४’ राम्रो फिल्म बनेको समेत बताइन् । फिल्म फागुन १९ रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित