हिन्दु की मुसलमान भन्नेलाई नाजिरले दिए पत्थरको जवाफ फुलबाट

अभिनेता नाजिर हुसेनले आफ्नो नामका कारण विभिन्न प्रश्न र तुच्छ गालीको सामना गर्दै आइरहेका छन् । उनलाई नामका कारण प्रायः सोधिने नेपाली कि भारतीय, हिन्दू कि मुसलमान भन्ने प्रश्नले निकै बुझाउँछन् ।

बारास्थित सिमरामा जन्मे हुर्केका उनी मुश्लिम समुदायका हुन् । तर, उनी हिन्दू परम्परालाई पनि उतिक्कै सम्मान गर्छन् । उनी ईद पनि मनाउँछन् र भाईटीका पनि लगाउँछन् ।

नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नाजिरले सामाजिक सञ्जालमा ढाका टोपी लगाएको तस्बिर पोस्ट गर्दै आफ्नो नाम पढेर सोधिने प्रश्न र त्यसको जवाफ दिएका छन् ।

नागरिकता वा पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर आफूलाई धेरैले इन्डियन मुस्लिम कि नेपाली मुस्लिम रु हिन्दू कि मुसलमान रु भनेर सोध्ने गरेको उनले उल्लेख गरेका छन् ।

अभिनेता हुसेनले लेखेका छन्, ‘मान्छे बन्न खोज्दैछु, मान्छे बन्न दिनुस् । म पनि यही माटोको हो, मेरो शरीरमा पनि रगत नै हो बग्ने, देशको कुरा आउँदा तपाईंलाई जति दुख्छ मलाई पनि त्यति नै दुख्छ, तपाईंलाई जति खुशी लाग्छ मलाई पनि त्यति नै खुसी लाग्छ ।

हरेक नेपालीको शिरमा सगरमाथाझैँ अटल, अग्लो र विशाल भएर बस्ने हाम्रो ढाका टोपी जस्तै सबैको सोच, विचार अग्लियोस् ।’ रंगमञ्च हुँदै ‘होस्टेल रिर्टन्स’बाट फिल्ममा फड्को मारेका उनी अभिनयमा उम्दा मानिन्छन् ।

विशेषगरी मधेशी चरित्रमा रुचाइएका उनको नयाँ फिल्म ‘गुलाबी’ प्रदर्शनको पखाईमा छ । यसमा उनी पारलैङ्गिकको भूमिकामा छन् । पछिल्लो पटक फिल्म ‘वीर विक्रम २’ मा देखिएका नाजिर म्यूजिक भिडियोमा पनि उतिक्कै व्यस्त छन् । उनको पाइपलाइनमा अहिले ३र४ वटा फिल्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित