मोबाईलको लतले बिगार्दैछ बालवालिकालाई, यस्ता छन् मोबाइलको लत हटाउने ५ उपाय

मोबाइल चलाउनु नराम्रो होइन । मोबाइल, कम्प्युटर चलाएर, टेलिभिजन हेरेर ज्ञान लिन सके राम्रै हुन्छ । मोबाइल तथा सामाजिक सञ्जालबाट सही सूचना र सही ज्ञान लिएमा जीवनमा काम लाग्छ तर यसलाई लतका रूपमा प्रयोग गरेमा बेफाइदा हुनेमा सचेत हुन आवश्यक छ ।

बालक रुने बित्तिकै उसलाई फकाउन मोबाइल दिनुको साटो उनीहरूलाई विभिन्न आकर्षक चित्र देखाएर र उनीहरूसँगै खेलेर अनि समय दिएर यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न सकिन्छ । ‘विभिन्न रमाइला चित्र भएका पुस्तक दिने, कथा सुनाउने, ज्ञानवद्र्धक चलचित्र देखाउने गर्न सकिन्छ ।

किशोर अवस्थामा छोराछोरी मोबाइल वा टिभीमा धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, चाँडै रिसाउने गर्छन् । यस्तोे अवस्थामा उनीहरूको मर्म बुझेर साथीजस्तै व्यवहार गर्नुपर्छ ।

‘हामी माटोबाट संक्रमण हुनसक्छ भनेर आफ्नो बच्चालाई माटोमा खेल्न दिँदैनौँ तर माटोमा संक्रमण फैलाउने मात्रै होइन स्वास्थ्यमैत्री ब्याक्टेरिया पनि हुन्छन् जसले बच्चालाई मानसिक र शारीरिक फाइदा पु¥याउँछ । स्वास्थ्यमैत्री ब्याक्टेरियाका कारण माटोमा खेलेका बच्चा बलिया हुन्छन् ।’ बच्चामा रचनात्मक गुण बढाउन माटो र खुला वातावरणमा खेल्न दिनुपर्छ । यसले बच्चाको शरीर राम्रो हुनुका साथै उनीहरूलाई केही अलग र रचनात्मक काम गर्ने शक्ति पनि बढ्ने उहाँले बताउनुभयो।

हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारम बोर्ड, पजल गेमजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्छ। यस्ता छन् बालबालिकामा मोबाइल र टिभीको लत हटाउने ५ उपाय

१) पहिला अभिभावक स्वयम्आफै सुध्रिनु पर्दछ
आमाबाबु छोराछोरिहरु लाई मोबाइल र टिभीको लतबाट हटाउन त चाहान्छन् । तर, आफै भने हट्न चाहाँदैनन्। आमाबाबु वा घरको अन्य सदस्यले बच्चाको अगाडि मोबाइल र टिभी हेर्ने,फेसबुक,टिकटक चलाउने जस्ता कार्यहरु बन्द गर्नु पर्छ । बच्चाले अरुले गरेको काम सजिलै सिक्छ र आफै गर्न थाल्दछ । त्यसैले बच्चा-बच्चिले देख्नेगरि,उनिहरु सङ्गै भएको बेला यस्ता काम गर्न छाड्नु पर्दछ ।

२) बच्चालाई खुशी बनाउन मोबाइल र टिभी नदिने
प्राय आमाबाबुहरुले जब बच्चा रुन्छ,खान खान मान्दैन,झगडा गर्छ,आफुले भनेको मान्दैन त्यति बेला बच्चा लाई खुशी पार्न र शान्त बनाउन उसलाइ मोबाइल र टिभी दिने,उसको रोजाइको भिडियो लगाइदिने,उसलाइ मनपर्ने कार्टुन लगाइदिने जस्ता कार्य गरेको पाइन्छ । आमाबाबुले यसबाट बच्चा लाई शान्त त बनाउदछन तर बच्चामा खुशी हुन,रमाउनका निम्ति मोबाइल र टिभी आवश्यक पर्छ भन्ने बानीको विकास हुन्छ । त्यतिमात्र होइन जिद्दी गरेमा मोबाइल चलाउन,टिभी हेर्न पाइन्छ भन्ने मनोबिज्ञानको विकास पनि बच्चामा हुन्छ । तर यसमा आमाबाबुले खासै ध्यान पुर्याउदैनन्,वास्ता नै गर्दैनन ।त्यसैले बच्चा लाइ शान्त बनाउन,खुशी पार्नका लागि गरिने यी सबै कार्य गर्नु हुदैन ।

३.)अरु साथीसँग घुलमेल गराउने
जब बच्चा फुर्सदमा हुन्छ तब उसलाइ समय बिताउन कुनै न कुनै माध्यम चाहिन्छ । त्यसकारण उसले समय बिताउने माध्यमको रुपमा मोबाइल,टिभीको प्रयोग गर्न सक्छ ।उसलाई आफ्नो घरवरीपरी,टोल,छर–छमेकका साथीहरुसँग घुलमेल हुने बातावरण अभिभावकले बनाइदिनु पर्दछ । आफ्ना साथीहरुसँग खेलेर,रमाएर,भेटेर बच्चाले फुर्सदको समय बिताउन थालेमा मोबाइल,टिभिको आवश्यकता नपर्न सक्छ । तर, उसको खेल्ने,रमाउने साथीको अभावमा उसले कार्टुन,भिडियो गेम,मोबाइल ,टिभी सिरियल जस्ता सामाग्री लाई साथी बनाउन सक्दछ ।

४.) Creative र कसरत वाला काममा लगाउने
शारीरिक कसरत हरेक बच्चाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ। सिर्जनात्मक कार्यले बच्चाको क्षमता वृद्धि गर्दछ । बच्चाको कुनै अति मन पर्ने काम वा रुचिको बिषय छ भने त्यसमा फोकस गर्नु पर्दछ । जस्तो फुटबल खेल्ने,क्रिकेट खेल्ने,अन्य खेल खेल्ने,कुनै साहित्यिक ,सिर्जनात्मक कार्य गर्ने,गित गाउने,नाच्ने,चित्र कोर्ने वा अन्य । बच्चालाई मनपर्ने काममा आमाबाबुले रोक लगाएमा बच्चा जिद्दी र रिस गर्ने बन्छ । तर, उसको इच्छा बमोजिमको काम गर्न पाएमा उ ज्ञानी ,जागरुक ,सिर्जनात्मक र अनुशासित पनि बन्दछ । इन्टरनेट ,टिभिमै पनि नयाँ–नयाँ सिर्जनात्मक सामग्री, आविष्कार, रचना, सूचना, जानकारीसहित अन्य ज्ञानवद्र्धक शिक्षा सिकाउन सकिन्छ । त्यसैगरी बच्चाले शारीरिक कसरत हुने काम गरेमा,खेल खेलेमा बच्चा साँझमा थकाइ लागेका कारण समयमै सुत्छ र मोबाईल ,टिभीतर्फ ध्यान जाँदैन ।

५.) मोबाइल चलाउन जानेकोमा तारिफ नगर्नुहोस्
हो,बच्चाबच्चीहरु सानैदेखि स्मार्ट मोबाइल फोन चलाउनमा धेरै सक्षम हुन्छन् । उनिहरुले नयाँ–नयाँ एप्स खोज्ने,इन्स्टल गर्ने,मोबाइलमा देखिएका विभिन्न सफ्टवेयर समस्या समाधान गर्ने,कहिलेकाही आमा–बाबुले मोबाइल सम्बन्धी सहयोग मागेमा उनिहरुलाई सहयोग गर्ने जस्ता काममा जानकार हुन्छन् । छोराछोरीका यस्ता कामहरुका विषयमा केही आमाबाबुले अरु मान्छेसँग छोराछोरीकै अगाडि तारिफ गर्दै भन्छन् ‘मेरो छोरा वा छोरीले सानै उमेरदेखि मोबाइलका हरेक गतिविधि सिकिसकेको छ,म भन्दा पनि धेरै जान्ने छ,मोबाइलमा नयाँ–नयाँ कुरा पत्ता लगाउछ र हामीलाइ पनि देखाउँछ ।’

बाबुआमाले अरु मान्छेसँग आफ्नो कामको तारिफ गरेमा बच्चाहरु त्यो काम गर्न झन् उत्साहित हुन्छन्। बच्चाले मोबाइल चलाएको कुराको तारिफले बच्चाले यो काम सहि रहेछ,राम्रो रहेछ भन्ने बुझेर थप यसमा समय बिताउन थाल्दछ र लत बस्दछ । त्यसैले बच्चाले मोबाइल ,इन्टरनेट चलाएको कामलाई प्रशंसा तथा तारिफ गर्न बन्द गर्नु पर्दछ ।

धेरै मोबाइल चलाउँदा टिभी हेर्दा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा डाक्टर ,शिक्षक वा घर भन्दा बाहिरको बच्चाले विश्वास गर्ने कुनै ब्यक्तिले भनेमा,सचेत गराएमा बच्चाले त्यस्ता काम कम गर्न सक्दछ । तर, यिनै सुझाव घरकै सदस्यले दिएमा बच्चाले खासै वास्ता नगर्न सक्छ । अर्कोतर्फ मोबाइल हेर्ने,टिभी देख्ने ,पढ्ने,खेल्ने समयको तालिका बच्चा स्वम लाई बनाउन लगाउनु पर्दछ । यसरी निश्चित समयमा मात्र बच्चाले मोबाइल,टिभिको प्रयोग गर्न सक्छ । एकाएक यी सबै काम बन्द गराउन खोज्नु मुर्खता हुन्छ र गर्नु हुँदैन । बिस्तारै–बिस्तारै यो लतबाट हटाउँदै लैजानु पर्दछ । यस बाहेक नियमित रुपमा आमा–बाबु वा अभिभावकले बाल मनोविज्ञ वा मनोपरामर्शकर्ताको सुझाव लियर बालबालिकालाई उचित व्यवहार गर्नु महत्वपूर्ण र आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित