डाक्टरको लापरबाहीका कारण एक सुत्केरी महिलाको मृ’त्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रवार राती मृ’त्यु भएको हो ।
नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महसुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनपछि उनले सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन् ।
१८ गते अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेका बेलामा रक्तश्राप भएपछि अर्को बेडमा सारेर डाक्टरले रगत चढाएको मृतक शाहीका जेठाजु लंक शाहीले बताए । रक्तस्राव नरोकिएपछि डाक्टरले १९ गते बिहान अर्को पोका ब्लड चढाएका थिए ।
त्यही ब्लडका कारण शाहीको मृ’त्यु भएको परिवारले दाबी गरेको छ । शाहीका श्रीमान् प्रदीप शाहीले इन्फेक्सन भएको रगत चढाउँदा श्रीमतीको मृ’त्यु भएको बताए । ‘दोस्रो पोका रगत चढाउनभन्दा अघिसम्म अवस्था सामान्य थियो ।
आफै ट्वाइलेट जान सक्ने, हिँडडुल गर्ने सक्ने बनिसकेकी थिइन् । रक्त श्राप पनि कम भएको थियो ।’, शाहीले भने, ‘दोस्रो पोकाको रगतका कारण मेरो श्रीमतीको ज्यान गयो ।’ दोस्रो पोका ब्लड चढाएपछि उनको सरिरमा असहज स्थिति सृजना भएको शाहीको भनाई छ ।
‘यो ब्लड चढाएपछि कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, कहिले खुट्टा दुख्ने समस्या देखियो । त्यसपछि डाक्टरले आइसियुमा राख्न पर्ने भन्दै, आइसियुमा भर्ना गरे । त्यहाँ पनि श्वासप्रश्वासमा समस्या भएको भन्दै भेन्टिलेटरमा लगियो । भेन्टिलेटरबाट उनी फर्किनन् ।’ उनले डाक्टरले गलत रगत प्रयोग गर्दा आफूले श्रीमती गुमाउनु परेको बताए ।
‘डाक्टरले की अरू कसैलाई भनेर मगाएको ब्लड मेरो श्रीमतीलाई लगाए, कि त ब्लड बैङ्कले इन्फेक्सन भएको ब्लड दियो ।’ उनले भने । उनमा प्रयोग भएको ब्लडको टेस्ट गर्न खोज्दा ब्लड बैङ्कले आनाकानी गरेको शाहीको भनाई छ ।
उनले अस्पताल र ब्लड बैङ्क मिलेर प्रमाण समेत नष्ट गरेको आरोप लगाएका छन् । ‘हामीले लगेको ब्लड एक पटक टेस्ट गरिदिन ब्लड बैङ्कलाई आग्रह गर्योँ । तर उहाँहरूले उक्त ब्लड डस्बिनमा फालेर प्रमाण नष्ट गर्नुभयो ।
बिरामीको हातमा लगाएको ब्लडको पोका पनि अस्पतालले गायब पार्यो । उहाँहरूले धेरै ठुलो लापरबाही गर्नुभएको छ । उहाँहरूको गल्ती थिएँ भने प्रमाण किन नष्ट गर्नुभयो ।’ अस्पतालले पेटमा सङ्क्रमण पछि मिर्गौला नष्ट भएर बिरामीको अवस्था क्रिटिकल बनेको बताएको छ ।





















Discussion about this post