सारा र कार्तिक फेरि डेटिङमा!

बलिउड अभिनेता कार्तिक आर्यन र सारा अली खालले ‘लभ आजकल २’ मा काम गरेका थिए। यस फिल्मको छायांकन क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गाँसिएको खबर बाहिरिएको थियो।

केही समयपछि उनीहरूको ब्रेकअप भएको खबर सार्वजनिक भयो। हालै उनीहरू फेरि प्रेम सम्बन्धमा रहेको बाहिरिएको छ। कार्तिक र सारा आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन्।

यतिबेला दुवै जना देश बाहिर घुम्न गएका छन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सारा लण्डनमा छिन्। साराले सामाजिक सञ्जालमा आफ्नो भाइ इब्राहिम अली खान र साथीसँग तस्बिर सेयर गरिरहेकी छन् भने कार्तिकले पनि घुमिरहेको तस्बिर सेयर गरिरहेका छन्।

सार्वजनिक तस्बिरको आधारमा उनीहरू फेरि एकसाथ भएको अनुमान गरिएको छ। सारा र कार्तिकले एकै समयमा एकपछि अर्को तस्बिर पोस्ट गरेका थिए। जसमा रंगीन पृष्ठभूमि देखिन्छ।

कार्तिक आगामी फिल्म ‘शहजादा’ मा देखिनेछन्। योसँगै उनी ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन्। सारा लक्ष्मण उटेकरको अनटाइटल्ड फिल्ममा देखिनेछिन्। यो फिल्ममा उनीसँगै विक्की कौशलको पनि मुख्य भूमिका रहनेछ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित