भन्सार कार्यालय भन्छ- सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो

अहिले सामाजिक सञ्चालमा धेरै प्रयोगकर्ताहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दिएको रसिद सेयर गरिरहेका छन्। रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ।

तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्।

यस विषयमा भन्सार विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त रसिद वस्तु ‘डिपोजिट’को लागि मात्रै दिइएको बताएको छ। ‘विदेशबाट आउने यात्रुहरूको चेकजाँच गर्दा कानुन बमोजिम सुविधामा तोकिएको परिमाणभन्दा बढी मात्रामा मालवस्तु ल्याएमा सुरक्षित राख्ने प्रयोजनको लागि डिपोजिट रसिद जारी गर्ने गरिएको छ।

यसरी जारी गरिएको रसिद सम्बन्धित यात्रुले तत्कालै वा तोकिएको अवधिभित्र मालवस्तु छुटाई लैजान चाहेमा कार्यालयले प्रज्ञापन पत्र तयार गरिदिने र तोकिएको बैंकमा राजस्व जम्मा गरेपछि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कार्यालयका अनुसार व्यक्तिले सामान छुटाई लैजाने बेलामा भन्सार विभागको छाप, व्यक्तिले तिरेको कर बराबरको मूल्य लगायत व्यक्तिको निजी विवरणसहितको रसिद र प्रज्ञापन पत्र दिने गरेको छ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित