गीताको अनमोल बचन, जसले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्छ

भनिन्छ, श्रीमद्भागवद्गीताको अध्ययनले जीवन र जगतलाई बुझ्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ ।

गीताको रचना अद्भूत तरिकाले भएको कथन छ । त्यस अनुरुप कुरुक्षेत्र युद्धमा श्री कृष्णले गीताको सन्देश अर्जुनलाई सुनाएका थिए । श्रीकृष्णले युद्ध मैदानमा अर्जुनलाई जे जति कुरा सुनाए, त्यहि गीता हो ।

अतः यहाँ भागवत गीताका केही अनमोल उद्दरणहरु प्रस्तुत गर्दैछौं, जुन श्रीकृष्णले अर्जुनलाई दिएका थिए । -क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमबाट बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि भ्रष्ट हुन्छ, तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, अनि व्यक्तिको पतन हुन्छ ।

– भगवान वा परमात्माको शान्ति उसँग हुन्छ जसको मन र आत्मामा एकता र सामञ्जस्य छ । जो इच्छा र क्रोधबाट मुक्त छ । जसले आफ्नो आत्मालाई सही अर्थमा बुझ्छ । -व्यक्ति जे चाह्यो त्यही बन्न सक्छ यदि विश्वासका लागि इच्छाएको वस्तुमा लगातार चिन्तन गर्‍यो भने ।

-जसले सबै इच्छाहरु त्यागिदिन्छ, र ‘म’ र ‘मेरो’ काृ लालसा र भावनाबाट मुक्त हुन्छ, उसलाई शान्ति प्राप्त हुन्छ । – आफ्नो कर्ममा मन लगाउनुस, त्यसको फलमा होइन ।

-स्वार्थले भरिएको कामले यो दुनियालाई कैदमा राखिदिनेछ । आफ्नो जीवनबाट स्वार्थलाई टाढा राखौं । -ज्ञानी व्यक्तिले कर्मको फलको आशा गरिरहेका अज्ञानी व्यक्तिको दिमागलाई अस्थिर बनाउनु हुँदैन ।

-जसले कुनै पनि देवताको पूजा विश्वासपूवर्क गर्छ, म उसको विश्वास उही देवतामा दृढ गरिदिन्छु । -बुद्धिमानले आफ्नो चेतनालाई एकजुट गर्नुपर्छ र फलका लागि इच्छा/लगाव त्यागिदिनुपर्छ । -सपना देख्नेले यो सोच्छन् कि उसको सपनाका अलावा केही पनि सत्य छैन, हाम्रो गल्तिले अन्तिम वास्तविकताका लागि त्यहीँ लैजान्छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित