अबको केही दिनमा शनि कुम्भ राशिमा गोचर हुँदै, यी राशिलाई हुनेछ लाभ र फाइदै-फाइदा !

वैदिक ज्योतिषमा शनि ग्रहलाई न्यायको देवता भनिएको छ। शनि देवले व्यक्तिको कर्म अनुसार उसलाई फल दिन्छन्। यसबाहेक न्यायको देवता शनिलाई पनि सबैभन्दा सुस्त ग्रह मानिन्छ।

शनि राशि चक्र पुरा गरेर सोही राशिमा आउन करिब ३० वर्ष लाग्छ र एउटा राशिबाट अर्को राशिमा जान करिब साढे दुई वर्ष लाग्छ। जनवरी १७ मा ३० वर्षपछि शनि आफ्नो मूल राशि कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि कुम्भ राशिमा प्रवेश गर्दा शश महापुरुष राजयोग बन्नेछ। जान्नुहोस् कुन राशिका लागि शनिको राशि परिवर्तनबाट लाभ हुनेछ?

वृष राशि : वृष राशिका लागि शनिको राशि परिवर्तन शुभ रहनेछ। वृष राशिको स्वामी ग्रह शुक्र हो। शुक्र र शनिको बिचमा मित्रताको भावना छ। वृष राशिको दसौँ घरमा शनि गोचर हुनेछ।

शनिको गोचरले सुख प्राप्ति हुनेछ। कार्यस्थलमा उच्च पद प्राप्त गर्न सकिनेछ। यात्राको अवसर मिल्नेछ। जग्गा, घर वा सवारी साधन खरिद गर्न सकिनेछ।

तुला राशि : शनि तुला राशिको पाँचौँ घरमा गोचर गर्नेछ। तुला राशिको चौथो र पाँचौँ घरको स्वामी शनिलाई मानिन्छ। शनिको परिवर्तनले प्रगति क्षेत्रमा आएको बाधाहरू हट्नेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले शुभ समाचार पाउनेछन्। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। व्यापार व्यवसायले गति लिन सक्छ।

धनु राशि : धनु राशिको कुण्डलीको दोस्रो र तेस्रो घरको स्वामी शनि देव हुन्। यस राशिको तेस्रो घरमा शनिको राजयोग बन्नेछ। शनि गोचरको प्रभावले काममा आएको बाधा हट्नेछ । शनिको कृपाले आकस्मिक धन लाभ हुनेछ। मान सम्मानमा वृद्धि हुनेछ। कठिन कार्यहरू पूरा गर्न सक्षम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित